अन्तत: पोखराभित्रको पार्किङ ठेक्का रद्द, ठेकेदारसँग १ करोड ९० लाख उठाउन बाँकी
पाेखरा | पुस ८, २०७९
कास्की: पोखरा महानगरपालिकाले नगरक्षेत्रमा पार्किङ उठाउन दिएको ठेक्का आज रद्द गरेको छ ।
महानगरको नगरसभाले फेवा सावित्री सँयुक्त कम्पनीसँग गरेको ठेक्का रद्द गरेपछि अब तत्काललाई पार्किङ शूल्क तिर्न नपर्ने भएको छ । महानगरले फेवालाई कूल ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो ।
उक्त सम्झौता मंसिर २७ गते सकिएपनि महानगरले लकडाउन देखाएर ठेक्का चैतसम्म थपेको थियो । ठेक्का थपेपछि जनस्तरबाट व्यापक विरोध भएपछि आज ठेक्का रद्द गर्ने निर्णय भएको हो ।
ठेक्का रद्द भएपनि महानगरले फेवासँग अझै १ करोड ९० लाख रुपैयाँ उठाउन बाँकी छ । महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार बाराम्बार ताकेता गर्दा पनि बक्यौता नउठेपछि ठेक्का रद्द गर्न निर्णय भएको हो ।
साथै, महानगरपालिकाको कोर एरियाको सडकमा पार्किङ निषेध गर्ने निर्णय भएकाे छ ।
यससँगै महानगरले अन्डरग्राउन्ड पार्किङ र निजी पार्किङको सम्बन्धमा मापदण्ड तोकी उपयुक्त शुल्क निर्धारण गर्न महानगरपालिकाको यातायात व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ ।
त्यस्तै, अस्थायी प्रयोजनकालागि हाललाई पोखराको लामेआहालमा ल्याण्डफिल साइट व्यवस्था गर्ने निर्णय भएको छ । साइटको व्यवस्थापन गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको तिम्सिनाले बताए ।
महानगरका अनुसार प्रशोधन केन्द्र सहितको ल्याण्डफिल्डका लागि पोखरा ३३ देव्रेवर झाँक्री खोला उपयुक्त भएको अध्ययन समितिको सिफारिस छ ।
साथै, १२ औं नगरसभा पुसको २६ गते पोखरा सभागृहमा गर्ने निर्णयसमेत गरिएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

